२४ फाल्गुन २०८२, आईतवार
सुजुकीले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ ।
नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकीका नयाँ ग्राहकलाई अधिकतम २ लाख २५ हजार रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बिमाको सुविधा दिन लागेको हो ।


यो अफर नेपालमा रहेका सुजुकीका सबै ३५ वटै डिलर उपलब्ध छ ।