ओरालो लाग्यो सुनचाँदीको मूल्य

होमल्याण्ड खबर

२०७६ माघ २९ गते, बुधबार ११:३७ मा प्रकाशित

आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार ७५ हजार ९ सयमा कारोबार भएको छापावाला सुन बुधबार २ सयले घटेर ७५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।