९ मंसिर २०८१, आईतवार
नेपालमा पहिलो पटक चितवनको भरतपुरमा स्वचालित प्रविधिको कपी उद्योग संचालनमा आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ शिवघाटमा पूजा कपी उद्योगको शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्घाटन गरेका छन् । ३१ जना युवा मिलेर करिब २५ करोड रुपैयाँको लगानीमा कपी उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको दैनिक ३० टन कपी उत्पादन गर्न सक्ने क्षमता छ ।
उद्योगका निर्देशक सञ्जयकुमार चौधरीका अनुसार उद्योगको दैनिक उत्पादन क्षमता ३० टन रहेपनि अहिले तीन टन उत्पादन हुनेछ । कापी उत्पादनका लागि चाहिने कागज ८० प्रतिशत विदेशबाट आयात हुने गर्छ । तयारी कापी समेत ३३ प्रतिशत भारतबाट आयात हुने गरेको छ । स्वदेशी उत्पादनले ६७ प्रतिशतमात्र माग धानेको छ । नेपालमा कापीको वार्षिक माग आठ अर्ब छ ।