ग्लोबल आईएमईको शाखा डोटीको पिपल्लामा

होमल्याण्ड खबर

२०७६ फाल्गुन ६ गते, मंगलवार १३:२२ मा प्रकाशित

ग्लोबल आईएमई बैंकले दिपायलको पिपल्ला बजारमा शाखा विस्तार गरेको छ । शाखाको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन संयुक्त रुपमा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले डोटीलगायत देशका अन्य जिल्लामा ग्लोबल आईएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए । उनले ग्लोबल आईएमई बैंकको उपस्थितिले डोटीकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने पनि बताए ।

बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवं अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्रमै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताए ।