९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाममा आजबाट नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको छ ।
ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै यस बैंकले सो शाखा कार्यालयबाट औपचारिक रुपमा बैंकिङ्ग करोबार सुरु गरेको हो ।
धनुषाधाम नगरपालिकाका मेयर श्री बालेश्वर मण्डलले आज एक समारोहका बीच उक्त शाखाको समुद्घाटन गरेका थिए ।
उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज, सरल हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।