३ मंसिर २०८१, सोमबार
सेक्युरिटी प्रेस खरिदमा निर्वतमान सञ्चामन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक भएपछि अहिले अख्तियारले अडियोको अनुसन्धान थालेको छ ।
अख्तियारले विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो । छिटो भन्दा छिटो प्रारम्भिक छानबिन टुंग्याई सेक्युरिटी प्रेस खरिद र बाँस्कोटाको रेकर्ड प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने तयारीे अख्तियारको छ ।
अख्तियारले बाँस्कोटा र एजेन्ट विजय मिश्रको संवादको अडियो, मिश्रको छुट्टै भिडियोका साथै पत्रपत्रिकामा प्रकाशित समाचारलाई पनि उजुरीका रूपमा संकलन गरेको छ ।
डिजिटल फरेन्सिक ल्याबबाट प्रमाणको वास्तविकता र यथार्थबारे अनुसन्धान सुरु भइसकेको स्रोतले जनाएको छ । अडियोको संवाद उतारेपछि अख्तियारले अर्का व्यक्ति मिश्रबाट उक्त कुराकानीको सनाखत गराउनुपर्नेछ ।