९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले एकै साथ दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले स्याङ्जाको वालिङमा र ललितपुरको हात्तीवनमा एकै साथ सञ्चालनमा ल्याएको हो ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
दुवै नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।