बैंक अफ काठमाण्डूले ल्यायो भिसा नगद फिर्ता योजना

होमल्याण्ड खबर

२०७६ फाल्गुन १९ गते, सोमबार १२:५२ मा प्रकाशित

बैंक अफ काठमाण्डूले बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो ।

कार्डबाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिनाभित्र पीओएस तथा इकमर्श कारोबार गर्दा ५ सय रुपैयाँ नगद फिर्ता पाउने छन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पीओएस कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा इकमर्श कारोबार गर्दा २ सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।

बैंकले हालसम्म ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।