९ मंसिर २०८१, आईतवार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणगढंको शहिद चोकमा शाखा विस्तार गरेको छ ।
सोमबार शाखाको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराउनुभएको थियो ।
शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भूक्तानी तथा आजीवन बीमाको सूविधा समेटिएको सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो । कम्पनीले अधिराज्यभर ३६ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।