२९ फाल्गुन २०८२, शुक्रबार
आज पनि सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
बुधबार ८० हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार २ सयले बढेर ८० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ८० हजार ४ सयमा कारोबार भइरहेको छ ।
पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ८० हजार ७ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।