९ मंसिर २०८१, आईतवार
आइएमई लिमिटेडले आइएमई कस्टमर–प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था ल्याएको छ । यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज–कस्टमर कार्ड देखाउनुपर्ने छ ।
यो सेवा बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुबाट उपलब्ध हुनेछ । आइएमई सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्ने कार्यमा सहयोग गरेकोमा व्यवसायीक साझेदारहरुलाई आइएमई लिमिटेडले धन्यवाद ज्ञापन गरेको छ ।