धनगढीमा प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय शुभारम्भ

होमल्याण्ड खबर

२०७५ बैशाख २० गते, बिहीबार ०७:२३ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश कार्यालय धनगढीको शुभारम्भ गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री श्री त्रिलोचन भट्टले विहिवार सेवा शुभारम्भ गरेका छन् ।
कार्यक्रममा मुख्य मन्त्री भट्टले नेपालमा जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले थप उत्तरदायी भएर सहज रुपमा जीवन बीमा सेवा उपलब्ध गराउन बिशेष भुमिका खेल्नु पर्नेमा जोड दिए । उनले प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरे ।
कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा प्रभु लाइफ इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरेका छन् ।