९ मंसिर २०८१, आईतवार
नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएकाे छ । उक्त सम्झौतापत्रमा एसबिआई बैंककाे तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गाे र फाेन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरेका छन् ।
उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।