लगातार घटेको सुनको भाउ सोमबार पुन : ५ सयले बढ्यो

होमल्याण्ड खबर

२०७६ चैत्र ३ गते, सोमबार ११:३४ मा प्रकाशित

लगातार घटेको सुनको भाउ सोमबार पुनस् बढेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७७ हजार ५ सयमा कारोबार भइरहेको छ । सुन एकैदिन ३ हजारले घट्दै सुन शुक्रबार ७८ हजार ५ सयमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि केहि बढेको छ । आज चाँदी प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको    छ । सुनको मूल्य पाँच दिनमा प्रतितोला ५ हजार ५ सय रुपैयाँ घटेको थियो । गत मंगलबार छापावाल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शनिबारसम्म घटेर प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरस ’कोभिड–१९’ का कारण सुनको मूल्य घटेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।