बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा

होमल्याण्ड खबर

२०७५ बैशाख २३ गते, आईतवार ०८:१० मा प्रकाशित

बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रंग म्याजिकल योजनाका विजेताहरुको घोषणा गरेको छ । विजेताहरुको घोषणा कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष लक्की ड्रबाट गरिएको हो ।

सो कार्यक्रममा योजना प्रबद्र्धक अनुप विक्रम शाहीले योजनामा सहभागी करिब ४४०० घरधनीहरुमध्येबाट २० जना भाग्यशाली विजेताहरुको नाम लक्की ड्र मार्फत निकालेका छन् ।
विजेताहरुमध्ये विराटनगर (पूर्वाञ्चल) का राम प्रसाद न्यौपानेले रेनो क्विड कार बम्पर उपहार स्वरुप जिते भने काठमाण्डौंका राम कुमार श्रेष्ठ र सृजना योगीले प्रथम पुरस्कार स्वरुप प्रत्येकले रु.१–१ लाख जितेका छन् । यसैगरी, पूर्वाञ्चलकी लक्ष्मी बोहरा, र पश्चिमाञ्चलका निरक ओली र राजेन्द्र प्रसाद पन्तले दोस्रो पुरस्कार स्वरुप रु. ५०–५० हजार नगद उपहार जितेका छन् ।
पूर्वाञ्चलका पुष्पलाल अधिकारी, मध्यमाञ्चलका झविलाल गैरे र शम्भु शाह, र काठमाडौंकी इश्वरी श्रेष्ठले तेस्रो पुरस्कार स्वरुप जनही रु.२५ हजार नगद पुरस्कार जिते भने १० जना विजेताले सान्त्वना पुरस्कार स्वरुप रु. १०–१० हजार जितेका छन् ।
साथै, क्षेत्रगत रुपमा प्रथम हुनेले रु. १००,००० र द्वितीय हुनेले रु. ५०,०००, तृतीय हुनेले रु. २५,००० र सान्त्वना स्वरुप रु. १०,००० गरि ६ क्षेत्रका ६० उत्कृष्ट घरधनीहरुले उपहार स्वरुप नगद पुरस्कार जितेका छन् । शहरोन्मुख शहरका उत्कृष्ट २० घरधनीहरुले रु. २०–२० हजार जितेका छन् ।
विजेताहरुले आफ्नो उपहार दावी गर्नका लागि बर्जर पेन्ट्स नेपालको नजिकको बिक्रि शाखामा सम्पर्क गर्नुपर्नेछ ।