९ मंसिर २०८१, आईतवार
नेविल बैंकले काठमाडौंको त्रिपुरेश्वरमा ‘एसएमई हब’ सेन्टर स्थापना गरेको छ । बैंकले ‘सक्षम’ नामक वित्तिय संस्थासँगको साझेदारीमा आईतबारबाट ‘एसएमई हव’को छुट्टै शाखा संचालनमा ल्याएको हो ।
बैंकको लोन प्रवाहको कामलाई दु्रतगतिमा अघि बढाउन एसएमई हव सेन्टर स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए । सेन्टरले आकर्षक निस्चित ब्यजदर ११.५०५, सरल तथा छोटो प्रकृया, पाँच दिन भित्रमा कर्जा स्विकृत हुने , कर्जा रकमको सिमा पाँच लाख देखि तिन करोड रुपयाँ सम्म हुने, मध्यमस्तरको प्रगतीउन्मुख ब्यवसायलाई आवस्यक पर्ने सबै प्रकारको लगानीको लागि प्रदान गरिने जनाएको छ ।
नविल एसएमई फाष्टट्रयाक लोनमार्फत् कर्जा प्रवाह हुने व्यवस्था गरिएको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए । लोन प्रवाहको काममा ढिलाई भएको गुनासो सेवाग्राहीले गरेपछि बैंकले त्यसलाई सहज बनाउन छुट्टै एसएमई हव सेन्टर स्थापना गरेको हो ।