लक्ष्मी बैंकको सर्लाहि र मोरङ्गमा एकैसाथ शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ बैशाख २४ गते, सोमबार १०:०४ मा प्रकाशित

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुकै रोजाईमा शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल बैंकिङ्ग जस्ता सेवा प्रदान गर्ने जनाएको छ ।

शाखा संचालनमा आएसँगै बैंकले विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएको छ । हालसम्म लक्ष्मी बैंकको शाखा संजाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु रहेको जनाएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्यलिएको छ ।