९ मंसिर २०८१, आईतवार
ग्लोबल आईएमई बैंक लिमिटेड र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता गरिएको छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
अब ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।