९ मंसिर २०८१, आईतवार
नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्र्केिटङले नेपाली बजारमा नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ । ग्लामर एसभी मोटरसाइकल र ड्युओट स्कुटर हिरोका उत्कृष्ट मोडेलहरुका नयाँ संस्करणहरु हुन ।
१२५ सीसी टर्क अन डिमान्ड इन्जिन भएको ग्लामर एसभीमा आकर्षक ग्राफिक्स थप गरिएको छ । मोटरसाइकलका पारखीहरुका लागि यसको आई३एस टेक्नोलोजी, पावरफूल, १२५ सीसी इन्जिन, ट्युबलेस टायर, मसकुलर एउण्ड स्पोर्टी डिजाइन। एलईडी टेल ल्याम्प्स आकषिर्त गर्छ ।
यो मोटरसाइकलको मुख्य विशेषता आईथ्रीएस प्रविधि हो । आइडल स्पोर्ट स्टार्ट सिस्टमले मोटरसाइकल ट्राफिकमा रोकिँदा आफै बन्द हुने र ट्राफिक खुलेपछि सजिलैसंगै स्टार्ट हुने गर्दछ ।
यो मोटरसाइकल लाई कठिन ठाउँमा गुडाउन ठूलो मद्दत गर्छ । ट्युबलेस टायरले पंचर हुने जस्तो असुविधाबाट जोगाउँछ ।
विभिन्न विशेषताले मोटरसाइकको प्रस्तुतीलाई निकै आकर्षक बनाएको छ । ब्ल्यक विथ टेक्नो ब्ल्यु, ब्ल्याक विद स्र्पोटस रेड र क्याण्डि ब्लेजिङ रेड रंगहरुमा यो मोटरसाइकल पाउन सकिन्छ । नेपाली बजारमा यो मोटर साइकलको खुद्रा मुल्य १ लाख ९३ हजार रुपैयाँ तोकिएको छ ।
ड्युओट स्कुटर पनि हिरोका अर्काे उत्कृष्ट मोडेलको नयाँ संस्करण हो । पुरा परिवारलाई लक्षित गरेर प्रस्तुत गरिएको यो स्कुटर यस अघि नेपाली उपभोक्ताद्धारा खुबै रुचाइएको थियो ।
नयाँ संस्करण अझै परिमार्जित र परिस्कृत स्वरुपमा देख्न सकिन्छ । एड्भान्सड इन्जिन, एक्स्ट्रा पावर डेलिभरी, एक्स्ट्रा पि अप नयाँ ड्युओट स्कुटरको विशेषताहरु हुन् । यसको एक्टरर्नन फ्युल सिस्टम त ग्राहकहरुले निकै मन पराएका थिए । इन्धन राख्न घरिघरि स्कुटरबाट ओर्लने झन्झट नहुने एकातिर अर्काेतिर डिक्कीमा भएको सामान नदेखिनुले सामान बढि सुरक्षित हुनु यो सिस्टमका कारण सम्भव भएको हो ।
डिक्की मै राखेर मोबाइल चार्ज गर्ने सुविधा पनि उपलब्ध छ । टेलेस्कोपिक फ्रन्ट सस्पेन्सनले आरामदायी यात्रा तथा इन्टिग्रेटेड ब्रेकिङले यात्रुहरुलाई सुरक्षित गर्ने भएकोले नयाँ ड्युओट निक्कै लोकप्रिय हुनेमा विश्वस्त हुन सकिन्छ ।
यो स्कुटर क्यान्डि ब्लेजिङ रेड, ग्रे र प्यान्थर ब्ल्यक रंगहरुमा उपलब्ध छन् । नेपाली बजारमा यस स्कुटरको मुल्य रु.१ लाख ७९ हजार ५ सय रहेको छ ।