सिटिजन लाइफ इन्स्योरेन्सको बनेपामा शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ बैशाख २६ गते, बुधबार ११:०८ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । यही २४ गते शाखाको समुद्घाटन गर्दै कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवा मुखी वनाउने कुरामा जोड दिए ।

उद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराए । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ