९ मंसिर २०८१, आईतवार
नबिल बैंकले एकैसाथ ४ स्थानमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले लहान सिराहा, बर्दिबास महोत्तरी, हरिवन सर्लाही तथा टाडी चितवनमा ४ वटा शाखा विस्तारमा ल्याएको हो । शाखा कार्यालयहरुको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड््यालले गरेका छन् ।
आधुनिक ब्यवसायिक बैंकिङ प्रणाली शुरुवात गरि देशमा समग्र उद्यमशिलता, रोजगारी सृजना तथा परिमाणात्मक रुपले सरकारी ढुकुटीमा पुर्याएको योगदानबाट नबिल बैंकले सवैलाई गौरवको अनुभुति गराएको पौड्याले बताए ।
बैंकले ६२ वटा शाखा, १११ वटा एटीएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।