प्रिमियर इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ बैशाख २८ गते, शुक्रबार ११:०० मा प्रकाशित

प्रिमियर इन्स्योरेन्स र गण्डकी बिकास बैंकबीच बैकास्योरेन्स सम्झौता गरिएको छ ।
सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सूद्यूम्न प्रसाद उपाध्याय र बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
सो सम्झौता पश्चात् गण्डकी बिकास बैंकका ग्राहकहरुले, बैंकको कुनैपनि शाखाबाट प्रिमियर इन्स्योरेन्सको बीमा सेवा लिन, प्रिमियम रकम बुझाउन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंक र इन्स्योरेनसले विश्वास लिएको छ ।