९ मंसिर २०८१, आईतवार
प्रभु बैंकले एकैसाथ ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बाग्लुङ जिल्लामा २ र दैलेख जिल्लामा २ गरी ४ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकको बाग्लुङको निसीखोलाशाखा, तमानखोलाशाखा, दैलेखको भगवतीमाई शाखा र गुराँस शाखाको उद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, जोकलाल बुढा, दानबहादुर थापा र खेम राज ओलीले गरेका छन् ।
आइतबारदेखि सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवती माई शाखा र गँुरास शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र चारैवटागाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले अपेक्षा गरेको छ ।