९ मंसिर २०८१, आईतवार
नेपाल टेलिकमले चालु आर्थिक बर्षको चैतसम्ममा ४.७२ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले चैतसम्ममा ११ अर्ब ८५ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा नाफा ११ करोड ३२ लाख रुपैयाँ थियो।
आर्थिक बर्षको ९ महिनामा दूरसञ्चार सेवा वापतको आम्दानीमा भने गिरावट देखिएको छ । यस्तो आम्दानी गत बर्षको चैतमा २९ अर्ब ७४ करोड रुपैयाँ थियो । यसपाली ३५ करोडले घटेर २९ अर्ब ३९ करोड रुपैयाँमा खुम्चिएको छ ।
अन्य आम्दानीले गर्दा कम्पनीको यस वर्षको नाफा बढ्न गएको हो । अन्य आम्दानी चैतसम्ममा ४ अर्ब ४६ करोड रुपैयाँ छ भने गत वर्षमा ३ अर्ब ११ करोड रुपैयाँ थियो।
कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ। जगेडा कोषमा ७९ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ । प्रति शेयर आम्दानी ५ रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको छ ।