९ मंसिर २०८१, आईतवार
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा महोत्तरीको मनरा र रामेछापको ख्रांडादेवी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ ।
शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गर्ने जनाएको छ ।
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । लक्ष्मी बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु रहेको छ ।