तनहुँ, स्याङजा र धनुषमा मेगा बैंकको शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ जेष्ठ २ गते, बुधबार १०:१४ मा प्रकाशित

देशभर शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तारमा ल्याएको छ ।
बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको जनाएको छ ।
स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको नीति अनुसार मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तीव्रता दिइरहेको छ ।