१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । तोलामा ३ सय रुपैयाँले बढेर शुक्रबार फेरी सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बिहीबारको रेकर्ड शुक्रबार तोडिएको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अब तोलामा सात सय रुपैयाँले वृद्धि भयो भने सुन प्रतितोलाको एक लाख रुपैयाँ पर्नेछ । बिहीबार छापावाला सुन प्रतितोला ९९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी छाएपछि सुनको मूल्यले दैनिकरुपमा नेपाली बजारमा रेकर्ड बनाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६८ डलर हाराहारीमा कारोबार भइरहेको छ ।