९ मंसिर २०८१, आईतवार
पोखराको लेखनाथमा प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
कम्पनीको संस्थागत शेयरधनी सांग्रिला बिकास बैंकका अध्यक्ष डा. रबिन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटन गरी कारोबारको शुरु गरेका छन् ।
कार्यक्रममा उनले प्रभु लाइफ इन्स्योरेन्सले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने बताए । ‘हामी जीवन बीमा बजारमा केही नयाँ गर्न आएका हौँ, जीवन बीमा क्षेत्रमा हामीले छुट्टै स्थान बनाउनेछौँ,’ उनले भने ।
अहिलेको जीवन बीमाको बजार विस्तारसँगै यसलाई परिपक्व र गतिशिल बनाउने योजनासहित कम्पनी लागेको उनले बताए । डा. श्रेष्ठले कम्पनीले व्यवसायीक उचाई हासिल गर्ने विश्वास व्यक्त गरेको बताए ।