१३ मंसिर २०८१, बिहीबार
काठमाडौँ।सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।मंगलबार तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने तोलामा दुई सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएसँगै नेपालमा पनि सुनको मूल्य बढ्दै गएको छ । मूल्य अत्यधिक बढेसँगै सुनको कारोबार ठप्प हुँदै गएको ब्यवसायीले बताएका छन् । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।