३ मंसिर २०८१, सोमबार
कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले जिल्लाको शुभकालिका गाँउपालिका वडा नं. ६ हाउडीका पहिरो पीडितलाई सहयेग गरेका छन् । मंगलबार जिल्ला सदरमुकाम मान्ममा कांग्रेस युवा नेता शाहीले हाउडीका खसेको पहिरोका कारण बिस्थापित भएका ६ परिवारलाई पाल, कम्मल, खाद्य सामग्री र केही नगद सहयोग गरेका हुन् ।
उनले पहिरोका कारण घरबार बिहीन भएका हाउडीका ६ घरधुरीलाई मानवियताका हिसावले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । बर्षा याम सुरु भएयता धेरै नागरिकहरुले धनजनको क्षेती बेहोर्नु परेकोमा दुख व्यक्त गर्दै उनीहरुलाई तत्काल राहत दिन सरकारको ध्यनाकर्षण गराए । हाउडीमा बर्षेनी पहिरो जाँदा एक सय ७६ घरधुरीहरु जोखिममा छन् । २०७२ सालदेखी बर्षेनी पहिरो खस्दा हाउडीका २२ दलित घरधुरी सहित १ सय ७६ घरधुरीहरु जोखिमयुक्त ठाँउमा बस्दै आएका छन । गत बर्षको साउन महिनामा लगातार पहिरो खसेर १५ दिन घर छोडेर खुला चौरमा पाल टाँकेर बसे । गाँउलाई स्थायी रुपमा सुरक्षित ठाँउमा सार्नका लागि आग्रह गरिएको भएपनि सारिएन् । यो बर्ष पनि फेरी निरन्तर पहिरो खसीरहेको छ । स्थानिय भैरब शाहीको घर पुरै पहिरोले परिदिएको छ । अरु पाँच जना मनशोभा शाही, सरिता शाही, मधु नेपाली, बलबहादुर शाही र सरस्वती शाहीको घर पहिरोले छोयकाले बिस्थापित छन् । पहिरोले गाँउका करीव २७ जनाको खेती योग्य जमीन पुरै पुरिएको छ । पहिरोमा घर पुरिएपछि बिस्थापित भएका भैरब शाहीले भने, ‘हाउडीको बस्ती पहिरोका कारण पुरै जोखिममा छ । मेरो घर पुरै पुरियो । गाईबस्तु, अन्न, भाँडाकुडा गरी करीव २२ लाख बराबरको क्षेती भयो । अहिले लेकतिर छिमेकीसँग पैचो मागेर छाक टार्नु परेको छ ।
गाँउका अरु पाँच जनाको घर पनि पहिरोले छोएकाले उनीहरु पनि बिस्थापित छन् । पहिरो साउन १३ गतेबाट निरन्तर खसीरहेको छ । राहतका लागि गाँउपालिकामा निवेदन पनि दिएका छौँ । तर केही पाएको छैन् । आज कांग्रेस नेता भेपेन्द्रजंग शाहीले व्यक्तिगत रुपमा सहयोग गर्नुभयो को मा उहा लाइ हामि पहिरो पिडित परिबारको तर्फबाट धन्यवाद दिन्छौ। उहाँलाई अन्य निकायमा सहयोगका लागि पहल गरिदिन आग्रह पनि गरेका छौँ ।’ यस्तै हाउडीका पहिरो पीडित बलबहादुर शाही, मधु नेपालीले हाउडीको पहिरोको स्थायी रुपमा व्यवस्थापन नगरी गाँउलाई नै सुरक्षित स्थानमा सार्नुपर्ने बताए । उनीहरुले भने, ‘नागरिक तहबाट बर्षेनी पहिरोको स्थायी रुपमा रोकथाम गरी बस्तीलाई सुरक्षित बनाईयोस भने माग गर्दै आएका छौँ । यदी पहिरो रोक्न नसकिने अवस्था हो भने गाँउलाई नै अन्यत्र स्थानान्त्रण गर्नेका लागि आग्रह गरेका छौँ । कसैले पनि सुनिदिएनन् । हामीले कहिलेसम्म पहिरोको त्रासमा बाँच्नुपर्ने हो ।’ पहिरोबाट भएको क्षेती अनुसार राहत र गाँउलाई नै सुरक्षित स्थानमा सार्नका लागि प्रशासनमा पनि आग्रअ गरिएको उनीहरुको भनाई छ ।