सिरहामा एनआईसी एशियाको आठौं शाखारहित बैंकिङ्ग सेवा विस्तार

होमल्याण्ड खबर

२०७५ जेष्ठ ८ गते, मंगलवार ०७:१५ मा प्रकाशित

एनआईसी एसिया बैंकले सिरहाको कल्याणपुर भोक्राहामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकको ८ औँ शाखा प्रदेश नम्बर– २ का प्रदेश सभा सदस्य सेरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा उद्धघाटन गरेका छन् । उक्त शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईलाई नियुक्त समेत गरेको छ ।

नयाँ शाखाबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जानकारी जनाएको छ ।