९ मंसिर २०८१, आईतवार
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पाेरेशन (आइएफसी) बीच कर्जा सम्झौता भएको छ ।
जेष्ठ ९ गते भएको सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवाशीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन ।
यो सम्झौतापछि नेपाल इन्भेष्टमेन्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा उपलव्ध गराउने बैंकको योजना छ ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र आईएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्तक्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने छ ।