युरिया मल पैँचो दिन बंगालादेश सकारात्मकः प्रधानमन्त्री ओली

होमल्याण्ड खबर

२०७७ भाद्र १६ गते, मंगलवार १८:५३ मा प्रकाशित

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली र बंगालादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन वार्ता भएको छ।

मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ। प्रधानमन्त्री ओलीले  ट्विटर मार्फत प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भएको बताएका छन् ।

नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले ट्विटरमा भनेका छन्। मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि सरकारले तत्कालको अभाव पूर्ति गर्न बंगलादेशसँग मल पैँचो मागेको थियो । कुटनीतिक माध्यमबाट भएको छलफलमा नेपाललाई तत्काल उपलब्ध गराउन सक्ने गरी ५० हजार मेट्रिक टन मल दिन बंगालदेश सकारात्मक भएको हो ।