१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय रूपैयाँले घटेकाे छ । मंगलबर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको सुन बुधबार घटेर प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा पुगेकाे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । मंगलबार ९५ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार १२ सय रुपैयाँ कम अर्थात ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य ४० रुपैयाँले घटेर ११९० रुपैयाँमा कारोबार भइरहेको छ जुन अघिल्लो दिन १२३० मा काराेबार भइरहेकाे थियाे ।