९ मंसिर २०८१, आईतवार
१७ महिनापछि नियमित सेयर कारोबारको लागि खुलेको मेगा बैंकको सेयरको बिक्रीमा चाप देखिएको छ ।
टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेपछि मेगाको सेयर कारोबार रोकिएको थियो । मेगामा टुरिजम गाभिएपछि यसको सेयर कारोबार आजदेखि खुलेको हो ।
मार्केट डेप्थ अनुसार अहिलेसम्म २ लाख कित्ता सेयर बिक्रीको लागि राखिएको छ ।
बिक्रीकर्ताले न्यूनतम २८१ रुपैयाँ देखि २९४सम्म सेयर बिक्री गर्न खोजेका छन् । बिक्रीको चाप बढ्दै जाने देखिन्छ ।