अर्थमन्त्री पौडेल र भारतीय राजदूत क्वात्राबीच भेट

होमल्याण्ड खबर

२०७७ कार्तिक १९ गते, बुधबार ११:१३ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्।

अर्थ मन्त्रालयमा मंगलबार दुई पक्षबीच भेटवार्ता भएको थियो।

भेटमा कोरोना भाइरसका कारण सिर्जित समस्याले अर्थतन्त्रमा परेको प्रभाव, भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माणदेखि अन्य विकास आयोजनामा पनि सहयोग गरेको छ।

त्यसका अतिरिक्त भारतीय साना सहयोग कार्यक्रम पनि निरन्तर अघि बढाइरहेको छ।