रोल्पाको थवाङमा जनता बैंककोे शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ जेष्ठ २१ गते, सोमबार ०९:४० मा प्रकाशित

जनता बैंकले रोल्पाको थवाङमा शाखा विस्तार गरेको छ ।
बैंकले थवाङ गाउँपालिका वडा नं. २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरिएको हो ।
रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् ।
थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् ।
रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ ।