सरकारविरुद्ध आक्रामक हुँर्दै शेयर लगानीकर्ता सडकमा

होमल्याण्ड खबर

२०७५ जेष्ठ २२ गते, मंगलवार ०७:३७ मा प्रकाशित

सरकारविरुद्ध आक्रामक हुँदै शेयर लगानीकर्ताले ब्रोकर कम्पनी घेराउ गरेका छन् ।
सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ताले आज बिहान साढे १० बजे ब्रोकर कम्पनी घेराउ गरेका उनीहरुले सरकारको निर्णयको विरोध गर्दै शेयर कारोबार पनि ठप्प पारेका छन् ।
शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम प्रसाद अर्यालले सरकारले शेयर लगानी कर्ताहरुको ढाड सेक्ने गरी सो निति ल्याएको भन्दै सरकारले निर्णय फिर्ता लिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–यो विषयमा हिजो पनि सरकारसँग वार्ता भएको थियो आज पनि वार्ताको प्रतिक्षामा छौ, आशा छ वार्ता सकारात्मक हुने छ । ’सरकारले शुक्रबार राइट र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेको थियो । आन्दोलनसँगै शेयर कारोबार पनि ठप्प छ ।