२८ फाल्गुन २०८२, बिहीबार
काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य ताेलामा ८ सय रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३ सय कायम गरिएको छ । हिजाे छापावाल सुन प्रतिताेला ९३ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।


यस्तै तेजावी सुनकाे मूल्य आज ताेलाकाे ९३ हजार ८ सय ५० निर्धारण गरिएको महासंघले जनाएकाे छ । बिहिबार तेजावी सुन ९३ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्यमा प्रतितोला २५ रुपयाँ बढेर १२ सय ८० मा कारोबार हुने महासंघले जनाएको छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ मा कारोबार भएको थियो ।