२८ फाल्गुन २०८२, बिहीबार
काठमाडाैं । बुधबार ९०० ले सुनकाे मूल्य घटेकाे छ । मंगलबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार ताेलाकाे ९४ हजार रुपैयाँ पुगेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । साेमबार ९४ हजार चार सय रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ९ सयले घटेर ९३ हजार पाँच सय रुपैयाँ पुगेकाे छ ।


महासंघका अनुसार आज चाँदीको मूल्य भने ५० रुपैंयाले घटेर १२६५ रुपैयाँ पुगेकाे छ ।