एकै दिन ८ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कति पुग्याे ?

होमल्याण्ड खबर

२०७७ पुष १४ गते, मंगलवार १३:२८ मा प्रकाशित

काठमाडौं: मंगलबार सुनको मूल्य घटेकाे छ। आज सुन तोलामा ८०० रुपैयाँ घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार हुनेछ ।

आज छापावाल सुनकाे मूल्य ताेलाकाे ९४ हजार १ सय रूपैयाँ निर्धारण भएकाे महासंघले जनाएकाे छ । साेमबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज तेजावी सुनकाे मूल्य ९३ हजार ६ सय रूपैयाँ निर्धारण गरिएकाे छ । यसअघि साेमबार तेजाबी सुन प्रतितोला ९४ हजार ४ रूपैयाँ  रूपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीकाे मूल्य प्रतितोला १५ रूपैयाँले घटेकाे छ। चाँदी आज प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।