आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०७७ पुष १५ गते, बुधबार १२:०६ मा प्रकाशित

आज सुनचाँदीको भाउ तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि प्रति तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रति तोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।