२८ फाल्गुन २०८२, बिहीबार
काठमाडौं । आज सुनचाँदीको भाउ तोलामा १०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । हिंजाे सुनको भाउ प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ६ सय निर्धारण गरिएको छ ।


त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३०० रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।