महालक्ष्मी विकास बैंकद्धारा शैक्षीक सामाग्री वितरण

होमल्याण्ड खबर

२०७५ जेष्ठ २८ गते, सोमबार ०७:२९ मा प्रकाशित

महालक्ष्मी बिकास बैंकले विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको छ ।
बैंकको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेश नेपालका दुःखी, पिछडिएका, आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको हो ।
बैंकले बालबालिकाहरुको शिक्षा, स्वास्थ्य आदिको संर्वधनका निमित्त स्थापना गरिएको फ्रेश नेपालका विद्यार्थीहरुलाई ३० हजार रुपैयाँ बराबरको शैक्षिक तथा फर्निचर सामागी्र वितरण गरेको हो ।