८ मंसिर २०८१, शनिबार
जापानमा सोमबार बिहान भूकम्प ६.१ रेक्टर स्केलको गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो ।
बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएको जनाएको छ । भूकम्पबाट ओसाका सँगै टोकियो, ह्योगोलगायतका स्थान प्रभावित भएको जनाइएको छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको जनाएको हो ।