मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि

होमल्याण्ड खबर

२०७७ माघ २७ गते, मंगलवार ११:१९ मा प्रकाशित

आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले उकालो लागेको (बढेको) हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सोमबार नेपाली बाजारमा छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ८९ हजार ९ सय ५० रुपैयाँ प्रतितोला थियो । यसअघि सोमबार नेपाली बाजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो । आइतबार ९० हजार ६ सय प्रतितोला रहेको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार ९० हजार १ सय ५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय ५० रुपैयाँ रहेको थियो । मंगलबार चाँदीको मूल्य एकैदिन तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १ हजार ३ सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।