१० मंसिर २०८१, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीन भ्रमणबारे आज संघीय संसदलाई जानकारी गराएका छन् । यही असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रममणका क्रममा भएका दुईपक्षीय सम्झौतालगायत विषयमा प्रधानमन्त्री ओलीले संघीय संसदलाई जानकारी गराएका हुन् ।
उनले चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक रहेको बताए । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले चीनको ६ दिने औपचारिक भ्रमणका बारेमा बाहिर विभिन्न ढंगले गरिएका टिका टिप्पणी र अनुमानले अन्योल श्रृजना गरेको हुन सक्ने भन्दै आफूले यथार्थ सदन समक्ष राख्न जरुरी ठानेको जनाए ।
सडक सुरक्षाका बारेमा बहुआयामिक सम्पर्क सञ्जाल भित्र रेलवे, सडक बन्दरगाह र सञ्चारलगायत क्षेत्रमा सहयोग अघि बढाउने विषयमा सहमति भएको तथा दुई देशबीचको सम्बन्धको विस्तारमा आगामी दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ति पनि जारी भएको पनि उनले जानकारी दिए । रेलवे कनेक्टिभिटी सहयोग सम्बन्धी समझदारी सबै भन्दा भमहत्वपूर्ण रहेको उनको भनाइ थियो । यसको कार्यान्वयनबाट केरुङ, रसुवागढी काठमाडौ रेलमार्ग विकासका लागि चिनियाँ अनुदानमा पूर्व संभाव्यता अध्यन शिघ्र सम्पन्न भई सहयोग सम्बन्धी कार्य अघि बढ्ने र यसले काठमाडांै पोखरा लुम्बिनी रेलमार्गको आधार तयार हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।
नेपालको पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा पनि चिनिया नेतृत्वसँग सकारात्मक कुराकानी भएको र दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न स्थल यातायातका पूर्वाधार सुदृढ गर्न तथा उत्तर दक्षिण जोड्ने यातायात सञ्जाललाई थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको छ । यसका लागि कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर, कर्णाली आर्थिक करिडोर विकासका लागि संभाव्य सहयोग उपलब्ध गराउने बारे थप अध्ययन गर्ने सहमति भएको छ ।
सिधा हवाई सेवा सञ्चालनका लागि दुवै मुलुकले आआफ्ना देशका एयरलायन्स कम्पनीलाई अभिप्रेरित गर्न पनि सहमति भएको छ । प्रेसका अनुसार सिमावारपार प्रशारण लाई निर्माणका सम्बन्धमा केरुङ रसुवागढी गल्छी रातामाटे ४०० केवि प्रशारण लाईनको संभाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरण र चिनिया स्ट्रेट ग्रिड कर्पोरेशनबीच हस्ताक्षर भएको छ ।
नेपाल र चीनबीच पारवहन यातायात सम्झौताको सिघ्र कार्यान्वयनका लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा टुंगो लगाउने सहमति पनि भएको छ । तातोपानी खासा नाका सन् २०१९ को मे महिना सम्ममा संञ्चालन गर्ने र रसुवागढी केरुङ नाकालाई सुव्यवस्थ्यि संञ्चालन गर्न आवश्यक पुर्वाधार निर्माण तथा मर्मत गर्न दुवै पक्ष सहमत भएको जानकारी प्रधानमन्त्रीले गराए । तेल तथा ग्यासको अन्वेषण को संभाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन पनि चिनिया पक्ष सकारात्मक रहेको छ ।
नेपालको मानवस्रोत विकासका लागि तालिम तथा छात्रावृद्धिको संख्या बढाउन चीन सकारात्मक देखिएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिको तर्फबाट चिनियाँ राष्ट्रपतिलाई र आफूले समकक्षी चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको र चीनको नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने विश्वास आफूले लिएको बताए ।
प्रधानमन्त्री ओली वर्तमान सरकारले छिमेकीहरुसंग सम्बन्ध सुधारेको बताए । दुईपक्षी समझदारी र साझेदारीको वातावरण तयार पार्न सरकार सफल भएको भन्दै उहाँले एउटाको विरुद्ध अर्कोलाई उचाल्ने गरि तात्किालिक हितका लागि गैह जिम्मेवारी ढंगले प्रस्तुत नहुने विश्वास दिलाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडुले चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट एक्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन ? भनी गरेको प्रश्नमा प्रधानमन्त्रीले आउँदो जुलाईमा प्रोटोकल तयार हुने र हस्ताक्षर पनि हुने बताए । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा रेलवे, उर्जा लगायत विषयमा सरकारी १३ वटा र निजी ९ वटा गरि जम्मा २२ वटा सहमति भएको स्पष्ट पारे ।
उनले भ्रमणका क्रममा नेपाल र चीन पुराना मित्र देशबीचको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, विगतका सम्झौता र सहमतिको कार्यान्वयनको ढाँचा परिर्वतन गर्ने, निर्वाचन पछि नयाँ जनादेश अनुसार गठन भएको सरकारको राष्ट्रिय एजेण्डा हासिल गर्नका लागि सहयोग तथा सहकार्य अघि बढाउने सम्बन्धमा चीन सरकार सकारात्मक रहेको बताए । भ्रमणमा चीनियाँ नेतृत्वबाट समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल हुने आशाको साथै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको प्रधानमन्त्रीले जानकारी गराए ।