९ मंसिर २०८१, आईतवार
नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवा सञ्चालक संघले आज एक विज्ञप्ती जारी गर्दै शनिबारबाट लागु हुने गरी हवाई भाडा बढाईएको जनाएको छ ।
संघले बढाएको हवाई भाडाको शूल्क नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत दिएको छ । नेपाल आयाल निगमले निरन्तर रुपमा इन्धन मूल्य बढाएुसँगै हवाई सञलक संघले पनि हवाई भाडा बढाउँदै गएको छ । पछिल्लो समय दुई हप्तामै तीन पटक हवाई भाडा बढेको छ ।
संघले माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ६५ रुपैयाँ, काठमाडौं–धनगढी ९०रुपैयाँ, काठमाडौं–तुम्लिङटार ४० रुपैयाँ, काठमाडौं– सुर्खेत ६५ रुपैयाँ र काठमाडौँ–सिमराको उडानमा ३० रुपैयाँ भाडा बढाएको छ ।
यसैगरी संघले विराटनगर–तुम्लिङटार २० रुपैयाँ, पोखरा–भरतपुर २० रुपैयाँ, पोखरा–पोखरा–नेपालगञ्ज ५० रुपैयाँ, पोखरा माउन्टेन ६० रुपैयाँ, काठमाडौं–सुर्खेत ७० रुपैयाँ, विराटनगर–माउन्टेन ६५ रुपैयाँ, काठमाडौं–राजविराज ४० रुपैयाँ र विराटनगर–भोजपुरको उडानमा १५ रुपैयाँ भडा बढाएको हो ।
उडान गन्तव्यका आधारमा १५ रुपैयाँदेखि ९० रुपैयाँसम्म भाडा बढाईएको संघका महासचिव योगराज कंडेलले जानकारी दिए ।