९ मंसिर २०८१, आईतवार
बृहत समूहद्वारा आयोजना गरिएको एक कार्यक्रममा विज्ञहरुले हाउजिङ व्यासायप्रति आशावादी हुन आग्रह गरेका थिए । थाइ रियल स्टेट विज्नेस स्कूलका डाइरेक्टर सोपोन र्पोन्चोक्चइलाई मूख्य वक्ता बनाइएको कार्यक्रममा नेपालका सरोकारवालाको सहभागिता थियो ।
डाइरेक्टर सोपोनले नेपालको हाउजिङ उद्योगमा देखिएको निराशा क्षणिक भएको बताउँदै तथ्यांकले सुधार देखिएको उल्लेख गरेका थिए । सोपोनले तथ्यांक प्रस्तुत गर्दै अब काठमाण्डौंका विभिन्न अपार्टमेन्टमा १ हजार ९० युनिट मात्र बाँकी भएको बताउदै अबको ६ महिना पछि बजारमा घरको स्टक सकिने उल्लेख गरेका थिए ।
मासिक १ सय ७० घरको बिक्री गरेको उल्लेख गर्दै उनले अबको ६ महिना पछि बजारमा घरको स्टक सकिने निष्कर्ष निकालेका थिए । सोपोनको तथ्याङक आधिकारिक श्रोतहरुमा आधारित भएपनि मालपोत कार्यलयको रिपोर्टसँग भने फरक देखिन्छ ।
त्यस्तै बजारमा स्टक रहेको घर भनेको अपार्टमेन्टभित्र पनि जि प्लस ५ देखि माथिको भएकोले यसका ६ महिनाभित्र स्टक सकिनेमा व्यावसायीहरु विश्वस्त देखिएका थिएनन् ।
कार्यक्रममा बृहत समूहका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले राजधानीको केन्द्रभागमा भएको बस्ती कुरुप जीर्ण र आर्थिक हिसावले पनि उत्पादनहिन हुदै गएकोले यसको पूर्नसंरचना गर्न आवश्यक भएको बताएका थिए । कार्यक्रममा शहरी विकास तथा भवन विभागका उपनिर्देशक सरिता मास्के, शहरी विकासका विज्ञ ओम राजोपाध्याय तथा सिटिजन बैंकका सिइओ राजन सिंह भण्डारीको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा व्यावसायी मीनमान श्रेष्ठ, विपिन चित्रकारले सरकारले ल्याएको कित्ताकाटसम्वन्धी नीतिको आलोचना गरेका थिए ।