१३ मंसिर २०८१, बिहीबार
काठमाडौँ उपत्यकासहित केही जिल्लामा आजदेखि निषेधाज्ञा हुँदै गर्दा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
महासंघका अुनसार बुधबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा सुरु भएको पहिलो दिन नै सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।